भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेपालको वैदेशिक व्यापार घाटा बढ्दै, निर्यातमा अभूतपूर्व वृद्धि

नेपालको वैदेशिक व्यापार घाटा बढ्दै, निर्यातमा अभूतपूर्व वृद्धि

काठमाडौं, ६ साउन ।नेपालले आर्थिक वर्ष २०८१/८२ मा कुल १५ खर्ब २७ अर्ब रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो घाटा अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले वृद्धि भएको हो।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालले १४ खर्ब ४० अर्बको व्यापार घाटा व्यहोरेको थियो। यस वर्षको व्यापार घाटा ८७ अर्बले बढेको छ, जसले देशको निर्यात-आयात असन्तुलनलाई दर्शाउँछ।

नेपालले भारत, चीन लगायतका देशहरूसँग विशेष गरी ठूलो परिमाणमा आयात गर्दै आएको छ। सीमापारको निर्भरता बढ्दै गएपछि सियोदेखि सुनसम्मका सामग्रीहरू विदेशबाट आयात हुँदै आएका छन्। २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८ अर्ब रुपैयाँ पुगेको थियो। जसमा १८ खर्ब ४ अर्बको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो।

तर, निर्यातमा भने उल्लेखनीय वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो। अघिल्लो वर्ष निर्यात मात्र १ खर्ब ५२ अर्ब थियो।

यो निर्यात वृद्धिले नेपालका उत्पादक र व्यापारिक क्षेत्रहरूलाई ठूलो उत्साह दिएको छ, यद्यपि व्यापक व्यापार घाटा रोक्न अझ धेरै प्रयास आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.