भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

देशमा चार वायुको प्रभाव, केहि प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

देशमा चार वायुको प्रभाव, केहि प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं, २ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ। यसले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान

  • दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रमा सफा देखि आंशिक बदली। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।
  • राति: कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपात।

चट्याङसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.