भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नेपाल आयल निगमद्वारा पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ मूल्य बृद्धि

नेपाल आयल निगमद्वारा पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ मूल्य बृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ असार १७ गतेदेखि लागू हुने गरी निगमले बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ। झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० र मट्टीतेल तथा डिजेल प्रतिलिटर १५२.५० रुपैयाँ पर्नेछ।

सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजेल तथा मट्टीतेल १५६ रुपैयाँ पर्नेछ।
निगमले जारी गरेको सूचनामा हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन।

 


Thali Mobile Pvt.Ltd.