भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

खानीखोलाका कफी–कृषकलाई अनुदान

खानीखोलाका कफी–कृषकलाई अनुदान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो ।

कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई रु २१ लख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ । वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी रु ३५ अनुदान दिइएको हो । गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

गत साल समूहलाई रु सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी रु चार लाख ६३ हजार ३३ अनुदान पाएको छ । शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ ।

कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । “समूहभन्दा बाहिर रहेका किसानलाइ समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भने ।

उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ ।

विशेष गरी गाउँपालिकाको वडा नं १, २, ५, ६, ७ र ८ उत्पादनशील क्षेत्रमा कफीको बिरुवा वितरण गरिएको हो । ५ नं वडामा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरिएको छ । यहाँको एक परिवारले कफीखेतीबाट वार्षिक रु पाँचदेखि दश लाखसम्म आम्दानी गर्दै आएको स्थानीय सुवास जिम्बाले बताए । “खेती राम्रो र बजारीकरणको समस्या नभएकाले केही वर्षदेखि कफीखेतीतर्फ आकर्षण बढेको छ”, उनले भने ।

विगत १३ वर्षदेखि वर्ष गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घ्लानले गाउँपालिकाबाट कफीको बिरुवा र उत्पादन बिक्रीमा पनि अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए । यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाएका उनले कफी उत्पादनबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आउनुभएको थियो । यो वर्ष उनले सात सय केजी कफी उत्पादन गरेका छन् ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत महाभारत गाउँपालिका–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.