भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

साउन सकिनै लाग्दा देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

साउन सकिनै लाग्दा देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ, २७ साउन । साउनको अन्त्यसम्म आइपुग्दा देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। हालसम्म करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रमा रोपाइँ भएको छ, जसमा गत वर्षको सोही अवधिभन्दा ८ प्रतिशत कम छ। मुलुकभर करिब १४ लाख हेक्टर क्षेत्रफल धानखेती योग्य मानिन्छ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनीमा ९८ प्रतिशत, तर मधेश प्रदेशमा भने मनसुन ढिला सक्रिय हुँदा मात्र ७६ प्रतिशत रोपाइँ भएको छ।

जोशीका अनुसार धान उत्पादनमा तराईको योगदान ७० प्रतिशत र पहाडी क्षेत्रको ३० प्रतिशत छ। गत आर्थिक वर्षमा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष ६० लाख मेट्रिकटन उत्पादन हुने अनुमान छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल प्राप्त हुनेछ।

मन्त्रालयले मौसमको प्रतिकूलता, प्राकृतिक विपत्ति, अतिवृष्टि तथा अनावृष्टिले कतिपय क्षेत्रमा ढिलो रोपाइँ भएको बताए पनि, उन्नत जातका बीउबिजन, सीप र प्रविधिको विकासले उत्पादन वृद्धि हुने अपेक्षा राखेको छ।

 


Thali Mobile Pvt.Ltd.