नेपाल प्रहरीमा १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ, १४ जेठ । नेपाल प्रहरी का विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहका रिक्त पदहरूमा बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।

चिकित्सकतर्फ रिक्त ९ जना डीएसपी पदका लागि डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन सिफारिस भएका छन्। नर्सिङतर्फ १ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत निरूषा महर्जन सिफारिस भएकी हुन्।

त्यस्तै इन्जिनियरिङ तथा सूचना प्रविधि (कम्प्युटर) उपसमूहअन्तर्गत ५ जना प्रहरी निरीक्षकहरू डीएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्। सिफारिस हुनेहरूमा बेचन कुमार यादव, संदिप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ रहेका छन्।

विधिविज्ञान उपसमूहअन्तर्गत १ जना प्रहरी निरीक्षकलाई डीएसपी पदका लागि सिफारिस गरिएको छ। नेपाल प्रदेश प्रहरी कार्यालय विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेत सिफारिस भएका हुन्।

 


Thali Mobile Pvt.Ltd.