भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

तीन मौसमी प्रणाली सक्रिय :  बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, १३ जेठ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरले देशभर मौसम अस्थिर बनेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली देखिएको छ भने तराईका धेरै भूभागमा मौसम आंशिक रूपमा सफा रहेको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको अवस्था

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, मधेस, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा, साथै लुम्बिनीका केही पहाडी भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।

तराईका केही भागमा तातो दिन रहने सम्भावना छ भने बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

रातिको अवस्था

राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा मधेस र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। तराई क्षेत्रमा भने केही स्थानमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.