भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प

म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प

म्याग्दी, १३ जेठ । म्याग्दीको सिरुवारी क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङ जाने तथा मुस्ताङबाट फर्कने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) क्षेत्रमा पहिरो खस्दा ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।

यस अवरुद्धका कारण स्थानीयबासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर सडक खुलाउने कामका लागि उपकरण परिचालन गरिएको छ।

उनका अनुसार पानी परेपछि सिरुवारी क्षेत्रमा बारम्बार पहिरो खस्ने समस्या दोहोरिने गरेको छ, जसले यो सडक खण्डलाई जोखिमपूर्ण बनाउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.