भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर

नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर

काठमाडौँ, १ साउन । आजदेखि आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेटका विभिन्न कर तथा राजस्वसम्बन्धी व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएका छन्।

यस वर्षको बजेटले विशेषगरी शिक्षा, स्वास्थ्य, विद्युत्, सेयर कारोबार तथा केही वस्तुमा नयाँ कर व्यवस्था लागू गरेको छ भने उद्योग प्रवर्द्धनका लागि केही क्षेत्रमा कर छुटसमेत दिएको छ।

बजेटअनुसार अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लाग्नेछ। त्यस्तै, सरकारी अस्पतालबाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने व्यवस्था लागू भएको छ।

विद्युत् उपभोगतर्फ घरायसी ग्राहकले ५० युनिटभन्दा बढी बिजुली खपत गरेमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ। अन्य सबै प्रकारका विद्युत् उपभोक्ताका लागि भने १३ प्रतिशत भ्याट यथावत् रहनेछ।

आजदेखि चुरोट, सुर्ती, खैनी, गुट्खा, बियर, स्वदेशी तथा विदेशी मदिरा र चिनीको मात्रा बढी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा बढाइएको अन्तःशुल्क पनि लागू भएको छ। यस्तै, उच्च क्षमताका विलासितापूर्ण सवारीसाधन तथा केही बहुमूल्य धातु र गहनामा बढाइएको करसमेत कार्यान्वयनमा आएको छ।

सरकारले उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार महसुल घटाएको छ भने ३६० प्रकारका औद्योगिक प्रयोजनका वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाएको जनाएको छ।

सेयर बजारमा पनि नयाँ पुँजीगत लाभकर लागू भएको छ। अब एक वर्षभन्दा बढी स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत कर लाग्नेछ।

आयकरतर्फ व्यक्तिगत करयोग्य आयको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ। वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले १ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ भने अधिकतम आयकर दर २९ प्रतिशत निर्धारण गरिएको छ।

त्यसैगरी, राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ। साथै, केही डिजिटल सेवा र राइड सेयरिङ प्लेटफर्ममा पनि नयाँ कर व्यवस्था आजदेखि लागू भएको सरकारले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.