भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

१९ वर्षपछि नयाँ हवाई नीति : नेपाली आकाश खुला हुँदै

१९ वर्षपछि नयाँ हवाई नीति : नेपाली आकाश खुला हुँदै

काठमाडौं, १८ असार । करिब १९ वर्षपछि सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति’ ल्याउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नीतिको मस्यौदामा ‘उदार आकाश’ नीति हटाएर ‘खुला आकाश नीति’ लागू गर्ने प्रस्ताव गरिएको छ।

मस्यौदामा उड्डयन सुरक्षा, पूर्वाधार विकास, विदेशी लगानी, वातावरणीय दिगोपन, नयाँ प्रविधि (जस्तै कृत्रिम बुद्धिमत्ता, मानवरहित हवाई प्रणाली) को समावेशीकरण, र नयाँ विमान ल्याउने मापदण्डहरू जस्तै ५०% design life ननाघेको र ३५ हजार साइकल नाघेका जहाज आयातमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ।

न्यूनतम चुक्ता पुँजीको सीमा हटाउने, विदेशी लगानीको सीमा केही क्षेत्रमा ८० बाट ९० प्रतिशत पुर्‍याउने, र पोखरा र भैरहवा विमानस्थलमा पाँचौँ स्वतन्त्रता अधिकार (5th freedom rights) दिने व्यवस्था पनि मस्यौदामा छ।

वायुसेवा सञ्चालक संघले मस्यौदालाई स्वागत गर्दै जहाजको उमेरको साटो प्राविधिक योग्यता र सुरक्षालाई आधार बनाउन सुझाव दिएको छ। साथै, भविष्यको ट्राफिक अनुमानका आधारमा नीतिमा पुनरावलोकनको आवश्यकता औंल्याइएको छ।

 


Thali Mobile Pvt.Ltd.