भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, अवकाश उमेर ६० वर्ष निर्धारण

निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, अवकाश उमेर ६० वर्ष निर्धारण

काठमाडौँ, २ जेठ ।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ।

विधेयकमा विवादित दुई विषय-अवकाश उमेर ६० वर्ष र कुलिङ पिरियड दुई वर्ष-मा सहमति जुटेपछि विधेयक पारित गरिएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन्।

उनका अनुसार अवकाश उमेर हालकोभन्दा बढाएर ६० वर्ष बनाइनेछ भने उक्त प्रावधान एक/एक वर्ष गरेर क्रमिक रूपमा लागू गरिनेछ। त्यस्तै, कुलिङ पिरियड दुई वर्ष राख्ने निर्णय पनि गरिएको छ।

सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले समितिमा दुवै प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई समितिले पारित गरेको हो। विधेयकअनुसार निजामती सेवामा प्रवेश उमेर पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ३९ वर्ष तोकिएको छ। त्यस्तै, स्थानीय तहमा कार्यरत कर्मचारीले एक पटक अन्तरप्रदेश सरुवा पाउने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.