भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सगरमाथा शिखर चुमेर फर्कंदै गर्दा पर्वतारोहीको मृत्यु

सगरमाथा शिखर चुमेर फर्कंदै गर्दा पर्वतारोहीको मृत्यु

काठमाडौँ, ३२ वैशाख । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेका अनुसार, बिहीबार बिहान हिलारी स्टेप नजिक, करिब ८७९० मिटर उचाइमा उक्त घटना भएको हो।

मृतक पर्वतारोहीले सगरमाथाको शिखर चुमिसकेपछि फर्कने क्रममा ज्यान गुमाएका हुन्। यद्यपि मृतकको नाम, राष्ट्रियता र घटनाको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, सगरमाथा क्षेत्रमा उद्धार तथा शव व्यवस्थापनको जिम्मा सम्बन्धित एक्सपिडिसन कम्पनीले लिने भएकाले प्रशासनको प्रत्यक्ष संलग्नता सीमित हुन्छ । तर, शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए।

पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले पनि घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जानकारी दिए। यो मृत्यु सगरमाथा क्षेत्रमा यो वसन्त आरोहण सिजनको पहिलो मृत्यु हो।

सगरमाथाको नेपालतर्फको मार्ग प्राविधिक रूपमा तुलनात्मक रूपमा सुरक्षित मानिए पनि, आधार शिविरदेखि माथिको ७ हजार मिटर क्षेत्र निकै जोखिमपूर्ण मानिन्छ।

 


Thali Mobile Pvt.Ltd.