भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अब तीन दिनभित्र लाइसेन्स पाइने

अब तीन दिनभित्र लाइसेन्स पाइने

काठमाण्डौ । विदेश जानेले तीन दिनभित्र सवारी चालक अनुमति पत्र अर्थात् (लाइसेन्स) पाउने भएका छन् । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले तीन दिन भित्र लाइसेन्स पाउँने भएका हुन ।

निवेदकले सवारी चालक अनुमति पत्रको लागि अनलाइन पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिइ विभागमा जानु पर्ने सूचनामा उल्लेख छ । विभागका अनुसार निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुनेछ ।

यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने विभागले जनाएको छ । यस्ता नेपालीहरुले छिटो लाइसेन्स पाउन आउँदो १५ गतेदेखि applydinew.dptm.gov.np मार्फत् निवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.