भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब तीन दिनभित्र लाइसेन्स पाइने

अब तीन दिनभित्र लाइसेन्स पाइने

काठमाण्डौ । विदेश जानेले तीन दिनभित्र सवारी चालक अनुमति पत्र अर्थात् (लाइसेन्स) पाउने भएका छन् । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले तीन दिन भित्र लाइसेन्स पाउँने भएका हुन ।

निवेदकले सवारी चालक अनुमति पत्रको लागि अनलाइन पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिइ विभागमा जानु पर्ने सूचनामा उल्लेख छ । विभागका अनुसार निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुनेछ ।

यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने विभागले जनाएको छ । यस्ता नेपालीहरुले छिटो लाइसेन्स पाउन आउँदो १५ गतेदेखि applydinew.dptm.gov.np मार्फत् निवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.