भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनबाट प्रति वर्ष १ करोड पर्यटकहरू घुम्न आउने, बिहीबारबाट नेपाल–ल्हासा सिधा उडान सुरु

चीनबाट प्रति वर्ष १ करोड पर्यटकहरू घुम्न आउने, बिहीबारबाट नेपाल–ल्हासा सिधा उडान सुरु

काठमाडौँ । हिमालयन एयरलाइन्सले नेपाल–ल्हासा सिधा हवाई उडान सुरु गरेको छ । बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु भएको हो । ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेको बताए ।

उनले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको जानकारी दिए । पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्।

१३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए । चिनियाहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको मन्त्री किरातीले बताए। सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ–नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान ।

तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने गर्छन् जसमध्ये ठुलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.