भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एनपीएलमा आज लुम्बिनी र काठमाडौं भिड्दै, बाहिरिने टोलीको टुंगो

एनपीएलमा आज लुम्बिनी र काठमाडौं भिड्दै, बाहिरिने टोलीको टुंगो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स भिड्दै छन् । लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ ।

उपाधि दाबेदारका रूपमा हेरिएको जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिँदै छ। लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । आज दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। प्लेआफमा पुग्ने गणितीय आशा जीवित राखेको लुम्बिनीलाई यो खेल जित्नैपर्ने दबाब छ।

आज हारे लुम्बिनी बाँकी खेलअघि नै समूह चरणबाटै बाहिरिनेछ। यी दुई टोलीबीचको खेलको निर्णयले प्लेअफ समीकरण अझ रोमाञ्चक बन्नेछ। यो खेल हारे काठमान्डु पनि प्लेअफमा पुग्ने सम्भावना लुम्बिनीकैजस्तै कमजोर बन्नेछ।

 


Thali Mobile Pvt.Ltd.