भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

काठमाडौं । नेपाली नम्बर प्लेट हालेर भारतीय नम्बर प्लेटको स्कर्पियो तस्करले चलाएका छन् । भारतीय स्कर्पियो नेपाली नम्बर प्लेट हालेर तस्करी गर्ने दुई जना प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नक्कली च्यासिस र नेपाली नम्बर प्लेट हालेर स्कर्पियो चलाएको आरोप छ ।

उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोस छन् ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । दुवै जनालाई झापाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क इलाकाबाट सोमबार राति सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

नेपालबाट पुरानो गाडी भारतीय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.