भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेमकिपा आठबीसका वडा सदस्य तथा समाज सेवी भाेटे विककाे निधन

नेमकिपा आठबीसका वडा सदस्य तथा समाज सेवी भाेटे विककाे निधन

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी आठबीस नगरपालिका वडा नं. ९ दैलेखका वडा सदस्य भोटे विकको असामयिक निधनले ठूलो क्षेती पुगेको छ । आज विहान उनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

छेपाडी निवासी भोटे विक राजनैतिक आन्दोलनमा लामो समयदेखि निरन्तर लाग्नु भएको थियो । दैलेखको साँस्कृतिक आन्दोलनका धरोहर विक समाज सेवाका खम्बाको रुपमा परिचित थिए । लामो समय नशा रोगले ग्रस्त उनको उपचार वीर अस्पतालमा भएपश्चात गाउँमै बसोवास गरिरहेका थिए ।

सामाजिक कार्यमा निकै चाख दिएर हिड्ने विकको सुन्दर समाज निर्माण गर्ने सपनामा अतुलनिय क्षेती पुगेकाे छ । विद्यालय स्थापनाका काममा होस या विकास निर्माणमा सधै अग्रसर लाग्ने विकको निधनले छेपाडीबासीमा ठूलो क्षेती पुग्न गएको छ । मृतआत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।

 


Thali Mobile Pvt.Ltd.