भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गरी अवरोध गरेको माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको पहलमा बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति भएको छ ।

जलविद्युत् आयोजनाको ड्यामबाट गएको सोमवार दिउँसो स्थानियवासीले खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका थिए । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

रावाखोलामा फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालनमा छ । सङ्घर्ष समितिका संयोजक माइतीराज राईले तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति नदिएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.