भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गरी अवरोध गरेको माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको पहलमा बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति भएको छ ।

जलविद्युत् आयोजनाको ड्यामबाट गएको सोमवार दिउँसो स्थानियवासीले खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका थिए । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

रावाखोलामा फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालनमा छ । सङ्घर्ष समितिका संयोजक माइतीराज राईले तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति नदिएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.