भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको संभावना

पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको संभावना

काठमाण्डौ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको संभावना रहेका हो ।

देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव कायमै छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपछि तराई क्षेत्रका धेरै ठाउँमा हावाहुरी चल्न सक्ने महाशााले जनाएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

केही दिनयता देशभर गर्मी बढेको छ । तराईका जनकपुर, भैरहवा, विराटनगरलगायतका शहरमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेको मौसमविद्ले बताएका छन् ।

अरु प्रदेशको पहाडी र हिमाली भागको मौसम बुधबार आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशको मौसम मुख्यतया सफा छ ।

 


Thali Mobile Pvt.Ltd.