भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अमेरिकालाई तेब्बरले हराउदै पेरिस पारालिम्पिकमा चीनकै अग्रता

अमेरिकालाई तेब्बरले हराउदै पेरिस पारालिम्पिकमा चीनकै अग्रता

काठमाडौं । पेरिस पारालिम्पिकमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । चीनले छैठौं दिनको समाप्तिसम्म ५३ स्वर्ण ४० रजत र २२ कास्य पदकसहित कुल १ सय १५ पदक जितेको छ । हिजो थप १० स्वर्ण जितेको हो ।

दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ३० स्वर्ण १८ रजत र १३ कास्यसहित कुल ६१ पदक जितेको छ । ग्रेट ब्रिटेनका लागि यो अहिलेसम्मकै सबैभन्दा सफल पारालिम्पिक हो । तेस्रो स्थानको अमेरिकाले २० स्वर्ण सहित कुल ५३ पदक हात पारेको छ ।

२२ रजत र ११ कास्य पदक जितेको अमेरिकाकाले छौंटौं दिन थप ७ स्वर्णमा कब्जा जमायो । ब्राजिल १४ स्वर्ण ११ रजत र २३ कास्य सहित चौंथो स्थानमा रहेको छ । आयोजक फ्रान्स भने पाँचौं स्थानमा छ । ११ स्वर्ण १२ रजत र १५ कास्य सहित कुल ३८ पदक हात पारेको छ ।

इटाली, युक्रेन, अष्ट्रेलिया, नेदरल्यान्डस र उज्वेकस्थान क्रमिकरुपमा शीर्ष १० स्थानमा छन् । अहिलेसम्म सहभागी १ सय ६८ देश मध्ये ५३ देशले कम्तिमा १ स्वर्ण जितेका छन् भने ७२ देशले पदकको खाता खोलेका छन् ।

 


Thali Mobile Pvt.Ltd.