भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको छ । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।

दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए । समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताए । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ ।

बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताए । उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.