भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

दाङ । रोल्पामा जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । लु ३ च १६५६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन् । उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.