काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
सिआइबीको सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।
ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिएका थिए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...