भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा, आलमविरुद्धको मुद्दामा पेसी तोकिएन

मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा, आलमविरुद्धको मुद्दामा पेसी तोकिएन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकिएन । आज तोकिने भनिएको जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु बिदामा रहेका कारण आलमविरुद्धको मुद्दाको पेसी नतोकिएको जिल्ला अदालतले जनाएको छ ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । गत कात्तिक २२ गते अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए ।

सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्रै अदालतमा उपस्थित भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन गर्नुपरेको जिल्ला अदालतले जनाएको छ । अदालतमा ७ न्यायाधीशको दरबन्दी भए पनि केही बढुवा र सरुवा र केही बिदा बसेकाले २ जनामात्र उपस्थित हुँदा सुनुवाइ हुन नसकेको बताइएको छ । स्रोतका अनुसार मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा बसेका बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.