भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माघे संक्रान्तिः बेत्रावतीमा गोरु जुधाइ

माघे संक्रान्तिः बेत्रावतीमा गोरु जुधाइ

रसुवा । माघे संक्रान्तिको अवसरमा हरेक वर्ष गोरु जुधाउने मेला लाग्छ । रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा यस बर्ष नौ हल गोरु जुधाइने भएको छ ।

माघ १ गतेको मेलामा रसुवाको बेत्रावती र नुवाकोटमा किसानहरुले नौ हल गोरु जुधाउने तयारी पुरा भएको गोसाईकुण्ड युवा क्लबले जनाएको छ ।

नेपाल र तिब्बतबीच ८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा गोरु जुधाइले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने गरेको छ । बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले ०५३ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेका हुन ।

१८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई ०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा आयोजना गर्न थालेको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले बताएको छ ।

बझांगी राजा जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा मनोरञ्जन दिन गोरु जुधाइएको सम्झनामा त्यहाँ मेला आयोजना हुने गरेको हो । माघ १ को गोरु जुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायतबाट मानिसहरु बेत्रावती र शेराबगर, तारुका तथा पन्चकन्याको पीपलडाँडा आउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.