भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

रातभरको वर्षाले सडक अवरुद्ध : बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

रातभरको वर्षाले सडक अवरुद्ध : बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ, १२ भाद्र । रातिदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।

रोशी गाउँपालिका–९ स्थित बिरुवाडाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा बिहान साढे ४ बजे लेदोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टोली परिचालन भई केही बेरअघि मात्र राजमार्ग खुलाएको प्रहरीले जनाएको छ।

यता धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा खसेको पहिरो हटाएर सडक एकतर्फी खुलाइएको छ। बुधबार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। बिहान ६:२० बजे सडक एकतर्फी मात्र खुलाइएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

सडकमा अझै पनि ठूलो मात्रामा माटो र ढुंगा रहेका कारण पूर्ण रूपमा यातायात सञ्चालन गर्न केही समय लाग्ने सम्बन्धित निकायले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.