भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

उत्तर कोरियाली नेता किम जोन उन पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुने

उत्तर कोरियाली नेता किम जोन उन पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुने

एजेन्सी, १२ भाद्र । उत्तर कोरियाका नेता किम जोन उन बेइजिङमा हुने चिनियाँ सैन्य परेडमा सहभागी हुने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा पहिलोपटक विदेशी शीर्ष नेताहरु सहभागी हुनेछन्, जसमा किम पनि हुनेछन्।

चीनले जापानविरुद्धको विजय दिवस र दोस्रो विश्वयुद्ध अन्त्यको ८०औँ वर्षगाँठको अवसर पारेर परेड आयोजना गर्दैछ। सो अवसरमा २६ देशका नेताहरुको सहभागिता रहने बताइएको छ।

यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम पनि रहेको छ, तर उनी सहभागी हुनेबारे अझै निश्चित भइसकेको छैन। बीबीसीका अनुसार, परेडलाई निकै भव्य बनाउन चीनले सयौँ सैन्य विमान, अत्याधुनिक अस्त्र, एन्टी-ड्रोन प्रणालीलगायत प्रदर्शन गर्ने तयारी गरेको छ। तियानमेन स्क्वाएरमा दशौँ हजार सैनिक सहभागी हुनेछन्।

यो परेड ७० मिनेटसम्म चल्नेछ भने राष्ट्रपति सी जिनपिङ पनि उपस्थित भई सम्बोधन गर्नेछन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिपछि अमेरिकासँगको सम्बन्ध चिसिएको बेला चीनले आफ्ना सहयोगी राष्ट्रका नेताहरुलाई बोलाएर परेड आयोजना गर्न लागेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.