काठमाडौं, ११ जेठ । सुदूरपश्चिमेली लोकसंस्कृतिमा आधारित नयाँ देउडा गीत “पाकी काफल डाली” सार्वजनिक गरिएको छ। चर्चित देउडा गायक नरेन्द्र पार्की र गायिका शोभा थापाको स्वरमा सजिएको यो गीतले सुदूरपश्चिमको मौलिकता, भावना र सांस्कृतिक धरोहरलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतका गीतकार, सङ्गीतकार तथा गायक नरेन्द्र पार्की स्वयम् हुन्, जसले आफ्नो सृजनात्मकता मार्फत ग्रामीण परिवेश र प्रेमको गहिरो अनुभूतिलाई प्रस्तुत गरेका छन्। सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिजय थापाले गरेका हुन् भने गीतको रेकर्डिङ बिजय कुमार थापा मगरले विशेष डिजिटल स्टुडियोमा गरेका हुन्।
विशेष फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोलाई हरिष बिजलाजीले निर्देशन गरेका छन्। भिडियोमा नरेन्द्र पार्की र अनिता साउदको प्रभावशाली अभिनय देख्न सकिन्छ। छायांकन अमित बीकेले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ राजेश कुमारले गरेका छन्। भिडियोको मेकअप आर्टिस्ट एसके थापा हुन्।
गीत सार्वजनिक गर्दै कलाकारहरूले यो सिर्जना आफ्ना दिवंगत आमा, बुवा, श्रीमती, छोरा, छोरी तथा सम्पूर्ण ईष्टमित्रहरूलाई समर्पण गरेका छन्। यो भावनात्मक समर्पणले गीतलाई अझ मार्मिक बनाएको छ ।