भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

२१ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिनको अल्टिमेटम

२१ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिनको अल्टिमेटम

काठमाडौं, ११ जेठ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालबाट मंगलबार जारी सूचनामा, ती कर्मचारीहरू बिना जानकारी अनुपस्थित रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “प्रहरी नियमावली, २०७१” को नियम ११५ (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेको भए पनि उनीहरू कार्यालयमा सम्पर्कमा आएका छैनन्। अब सूचनापछि सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरण सहित उपस्थित हुन भनिएको छ।

निर्धारित समयमा हाजिर नभएमा नियम ११३ (१०) को खण्ड (च) अनुसार सेवाबाट हटाउने कारबाही अगाडि बढाइने प्रहरीको चेतावनी छ।

 


Thali Mobile Pvt.Ltd.