भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शासन होइन, जनता बलियो बनाउनुपर्छः माधव नेपाल

शासन होइन, जनता बलियो बनाउनुपर्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए ।

शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने उनको भनाइ छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पुछताउने दिन आउन सक्नेतर्फ सचेत गराए । भूराजनीतिक संवेदनशीलता भएको र बहुलतायुक्त समाजमा निर्वाचित नै भए पनि एउटा व्यक्तिको स्वेच्छाचारीता सम्भव नभएको उनले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.