भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कांग्रेस र एमाले स्थिर र बलियो सरकारका पक्षमा छ: देउवा

कांग्रेस र एमाले स्थिर र बलियो सरकारका पक्षमा छ: देउवा image

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर र बलियो सरकारका पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गरेको प्रस्तावमाथि समर्थन जनाउँदै सभापति देउवाले नेपाली नागरिकको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गरे । उनले संविधान संशोधन लोकतन्त्रको स्वाभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पारे ।

सभापति देउवाले संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गरे । ‘देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुत सरकार निर्माण गर्नु हो । आजको संसद्को संरचनालाई देष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ’, उनले भने।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.