भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भयोः सांसद विक्रम पाण्डे

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भयोः सांसद विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशमा किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।

रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको बताएका हुन् ।उनले किसानहरु मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताए । सांसद पाण्डेले यसरी देश कता पुर्‍याउन खोजिएको हो भनी प्रश्न समेत गरे ।

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताए । उनले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.