भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बालविवाहविरुद्ध कडा कारबाही हुनुपर्छः सांसद चन्दा कार्की

बालविवाहविरुद्ध कडा कारबाही हुनुपर्छः सांसद चन्दा कार्की

काठमाडौं । स्वतन्त्र पार्टीकी सांसद डां.चन्दा कार्कीले बालविवाह गर्ने र गराउने दुवैलाई कडा कारबाही गर्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले यस्तो माग राखेकी हुन् ।

समाजमा बालविवाह ठूलो रोगको रूपमा रहेको भन्दै यसको विरुद्धमा कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने उनले बताएकी हुन् । उनले संविधान र कानुनमा बालविवाहलाई बर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको बताइन् ।

कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गर्दै सांसद कार्कीले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताइन् ।

 

 


Thali Mobile Pvt.Ltd.