भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसदीय समिति गठन गर्ने प्रस्तावमा एमाले र रास्वपाको असहमति

संसदीय समिति गठन गर्ने प्रस्तावमा एमाले र रास्वपाको असहमति

काठमाण्डौ । दलहरु आ–आफ्नै अडानमा रहेका कारण निकास निस्कन सकेको छैन । सत्ता र प्रतिपक्षको टकरावका कारण संसदको गतिरोध अझै लम्बिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव गरे पनि यसमा एमाले र रास्वपाको असहमति छ ।

सरकारका नीति तथा कार्यक्रम संसद्बाट पारित आउँदो १५ मा बजेट ल्याउने दबाब सरकारलाई छ । सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको पुष्टि भएकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भएको भेटमा लामिछानेले आफूमाथि निरन्तर आरोप लागेकाले संसद्मा जवाफ दिने आफ्नो अधिकार भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.