भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक |

संसदीय समिति गठन गर्ने प्रस्तावमा एमाले र रास्वपाको असहमति

संसदीय समिति गठन गर्ने प्रस्तावमा एमाले र रास्वपाको असहमति

काठमाण्डौ । दलहरु आ–आफ्नै अडानमा रहेका कारण निकास निस्कन सकेको छैन । सत्ता र प्रतिपक्षको टकरावका कारण संसदको गतिरोध अझै लम्बिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव गरे पनि यसमा एमाले र रास्वपाको असहमति छ ।

सरकारका नीति तथा कार्यक्रम संसद्बाट पारित आउँदो १५ मा बजेट ल्याउने दबाब सरकारलाई छ । सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको पुष्टि भएकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भएको भेटमा लामिछानेले आफूमाथि निरन्तर आरोप लागेकाले संसद्मा जवाफ दिने आफ्नो अधिकार भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.