भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पर्सामा चोरी र तस्करी नियन्त्रण गर्न आठ स्थानमा सिसी क्यामेरा जडान

पर्सामा चोरी र तस्करी नियन्त्रण गर्न आठ स्थानमा सिसी क्यामेरा जडान

पर्सा, ६ जेठ । जिल्लामा चोरी र तस्करी नियन्त्रण गर्न वीरगञ्ज भन्सार क्षेत्रका आठ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। राजस्व चुहावट नियन्त्रण समितिको निर्णय अनुसार छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रमा दुई–दुई वटा क्यामेरा राखिएको हो।

भन्सार छली, अवैध निकासी तथा पैठारीलाई रोकथाम गर्न यो कदम चालिएको हो। प्रारम्भमा केही अवरोध भए पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा क्यामेरा जडान सम्पन्न गरिएको छ।

सिसी क्यामेराबाट निगरानी बढ्ने, सुरक्षाकर्मीमाथिको दुर्व्यवहार घट्ने र अवैध कार्यमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। भन्सार कार्यालयले आगामी चरणमा अन्य संवेदनशील क्षेत्रमा पनि निगरानी प्रणाली विस्तार गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.