सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ।
बुधवार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४, डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरेर हाल अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र रूपमा भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...