भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पश्चिम तराईमा चर्को गर्मीका कारण विद्यालय बन्द, पठनपाठन प्रभावित

पश्चिम तराईमा चर्को गर्मीका कारण विद्यालय बन्द, पठनपाठन प्रभावित

मुख्य बुँदा

अत्यधिक गर्मीले पश्चिम तराईका जिल्लामा पठनपाठन प्रभावित

केही पालिकाले विद्यालयमा बिदा घोषणा

भीमदत्त र कृष्णपुर नगरपालिकाले ३ दिन विद्यालय बन्द

शुक्लाफाँटा नगरपालिकामा पनि बिदाबारे छलफल जारी

विद्यार्थीमा स्वास्थ्य समस्या देखिन थालेको शिक्षकको भनाइ

काठमाडौँ, ११ जेठ । अत्यधिक गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठनपाठन प्रभावित भएको छ। गर्मीका कारण कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही पालिकाले अस्थायी रूपमा विद्यालय बिदा दिने निर्णय गरेका छन्। उक्त बिदा गर्मी बिदाबाट कट्टा हुने गरी लागू गरिएको जनाइएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म तीन दिनका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शुक्लाफाँटा नगरपालिकाले भने गर्मीको अवस्थालाई मूल्यांकन गरी आवश्यक छलफलपछि बिदा सम्बन्धी निर्णय गर्ने जनाएको छ।

शिक्षकहरूका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा टाउको दुख्ने, कक्षाकोठामै निदाउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको छ।

 


Thali Mobile Pvt.Ltd.