भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

जाँडरक्सी खाएर गाडी चलाउँदा वैशाखमा देशभर १२४ दुर्घटना

जाँडरक्सी खाएर गाडी चलाउँदा वैशाखमा देशभर १२४ दुर्घटना

काठमाडौं, ११ जेठ । वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४ दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ भने १ सय ७४ जना घाईते भएका छन् ।

काठमाण्डौ उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा गाडी दुर्घटना भएका र ती दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा २ जनाको ज्यान गएको छ भने मधेशमा २० वटा गाडी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएका प्रहरीले जनाएको छ । जाँडरक्सी खाएर गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.