भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जनकपुरधाम : पत्रकारमाथि आक्रमण गर्ने वकिललाई कारबाहीकाे माग गर्दै पत्रकार आन्दोलित

जनकपुरधाम : पत्रकारमाथि आक्रमण गर्ने वकिललाई कारबाहीकाे माग गर्दै पत्रकार आन्दोलित

जनकपुरधाम, १ भदाै । पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ । आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११ बजेदेखि धर्ना कार्यक्रम सुरु हुनेछ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आजदेखि आन्दोलनको कार्यक्रम रहेको प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले जानकारी दिएका छन् । धर्ना कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष पुरण गुप्ताले सम्पूर्ण पत्रकारलाई आग्रह गरेका छन् । गुठी संस्थानबाट कानुनी प्रक्रियाबाट प्राप्त चार कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा गत साउन २७ गते नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।

उक्त घटनामा पत्रकार महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए । घटनामा संलग्न पाँच वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइएको थियो । तर हालसम्म प्रहरीले दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडि नबढाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

शनिबार पत्रकार महासंघ धनुषा शाखामा भएको पत्रकार भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.