भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काडमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर काठमाडौं जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका राष्ट्रपति पौडेललाई विमानस्थलमा प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेल जेठ २९ गते साँझ काठमाडौंबाट जेनेभा प्रस्थान गरेका थिए।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मनी सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए। सोमबार राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो।

 


Thali Mobile Pvt.Ltd.