भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

संरक्षण र संर्वद्धनमा जनताको सहभागिता आवश्यकः सांसद सुवाल

संरक्षण र संर्वद्धनमा जनताको सहभागिता आवश्यकः सांसद सुवाल

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको कार्यक्रमबीच उद्घाटन भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले विहीबार बेखाल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ गर्दै उँहाले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र जनताको साझा संस्था भएकोले यसको संरक्षण र संवद्र्धनमा जनताको सहभागिता आवश्यक भएको बताउनुभयो ।

निःस्वार्थपूर्वक जनताको सेवा गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टीको स्थापना भएको बताउँदै उहाँले सरकारले जनताको सहभागिता र अमानतमा काम गराउनु नै सामाजिकीकरणको नीति लिएको ठहर्ने बताउनुभयो । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा ब्याप्त भ्रष्टाचारका कारण आयोजनाको काममा ढिलाइ भइरहेको बताउँदै उहाँले भारतनिर्भर अर्थतन्त्रले नेपालको कहिल्यै हित नहुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई स्वर्णिम युगमा प्रवेश गरेको घोषणा गरी अहंकार प्रदर्शन गरिरहेको बताउँदै उहाँले विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिने घोषणाबाट ट्रम्पको विश्वव्यापी रुपमा आलोचना भइरहेको बताउनुभयो । उहाँले विश्वलाई नै एकसाथ माथि उठाउने नीतिमा अमेरिकाले आफ्नो आवाज बुलन्द बनाउनुपर्ने बताउनुभयो ।

नेपालले उत्पादन गरेको बिजुली आफैले खपत गर्ने रणनीति बनाउनुपर्ने बताउँदै सांसद सुवालले सस्तोमा नेपालको बिजुली भारतलाई बेचेर महँगोमा भारतीय उत्पादन किन्ने नीतिले देशको कहिल्यै भलो नहुने बताउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी स्थापनाको ५१ औं वर्षको अवसरमा बेखाल स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको बताउँदै पद र पैसाको लोभ नगरी कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउने उद्देश्यका साथ नेमकिपाको स्थापना भएको बताउनुभयो ।

भक्तपुर नपाले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन निरन्तर जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले हाल ६ वटा वडामा स्वास्थय सेवा केन्द्र सञ्चालन गरिसकेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुनाको रुपमा विकास भइरहेको बताउँदै उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार कामदार वर्गको हितमा काम गरिरहेको बताउँदै भक्तपुर नपा जनताका आधारभूत समस्याहरू समाधानको निम्ति प्रयासरत रहेको बताउनुभयो । स्वास्थ्य केन्द्र व्यवस्थापन वडाबासीहरुको साझा कर्तव्यअन्तर्गत पर्ने बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित सीपमूलक तालिमबाट धेरै नगरबासीहरु लाभान्वित भएको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा.मजेशप्रताप मल्लले बेखाल स्वास्थ्य सेवा केन्द्र हाललाई दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गरी आगामी दिनहरुमा विशेषज्ञ सेवा थप गर्दै लाने बताउनुभयो । स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई रु। २५ करोड भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउँदै उहाँले स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भनपा वडा नं.१० का पार्टी इन्चार्ज लक्ष्मीप्रसाद चवाल र वडा सदस्य जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनपश्चात प्रमुख अतिथि सुवाल र नगर प्रमुख प्रजापतिलगायतले बेखाल स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.