भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा

काठमाडौँ । फेमिस प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिमा समस्या आएको छ । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिमा समस्या भएको हो ।

उक्त समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले जनाएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृति लगायतका सेवा नियमित हुन नसकेको विभागले जानकारी दिएको छ ।

जीआईडीसीमा समस्या आएकाले फेमिसमा समेत समस्या आएको र विभागको सर्भर क्षमता कमजोर हुँदा विभागले जीआईडीसीको सर्भरबाट काम गर्दै आएको जनाएको छ । उक्त सर्भरमा समेत समस्या आएपछि फेसिम सर्भरमा पनि समस्या आएको विभागले जानकारी दिएको छ ।

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि केही महिना अगाडि फेमिसमा समस्या आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.