भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा

काठमाडौँ । फेमिस प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिमा समस्या आएको छ । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिमा समस्या भएको हो ।

उक्त समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले जनाएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृति लगायतका सेवा नियमित हुन नसकेको विभागले जानकारी दिएको छ ।

जीआईडीसीमा समस्या आएकाले फेमिसमा समेत समस्या आएको र विभागको सर्भर क्षमता कमजोर हुँदा विभागले जीआईडीसीको सर्भरबाट काम गर्दै आएको जनाएको छ । उक्त सर्भरमा समेत समस्या आएपछि फेसिम सर्भरमा पनि समस्या आएको विभागले जानकारी दिएको छ ।

फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि केही महिना अगाडि फेमिसमा समस्या आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.