भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दबाब बढाउने रणनीतिमा विपक्षी, मार्सल प्रयोगमा सत्ता पक्ष

दबाब बढाउने रणनीतिमा विपक्षी, मार्सल प्रयोगमा सत्ता पक्ष

काठमाडौं । सदन र सडक दुबैतीरबाट दबाब बढाउने रणनीतिमा विपक्षी उत्रिएको छ । सदनको अवरोधकैबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि विपक्षी दल नेपाली काँग्रेस लगायतले संसदीय छानबिन समिति गठन गर्न सदन र सडकबाट दबाब दिने रणनीतिमा केन्द्रित भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिमार्फत छानबिनको सुनिश्चितता गर्नुपर्ने माग अझै सशक्त बनाउने रणनीतिमा जुटेका हुन । समिति नबनेसम्म सदनमा अवरोध र सडकबाट दबाब निरन्तर गरिरहने बताएका छन् ।

विपक्षी मोर्चाको बैठकले सरकार विपक्षीको माग सम्बोधन गर्न तयार नभएको र सभामुख देवराज घिमिरेले तटस्थता कायम गर्न नसकेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको निष्कर्षसहित सशक्त रूपमा प्रस्तुत हुने निर्णय भएको बताए ।

यसैबीच कांग्रेसले सदन अवरोध कायमै राखे मार्सल प्रयोग गरेर भए पनि सदन चलाउने मनस्थितिमा सत्तापक्ष दलहरू पुगेका छन् । कांग्रेस अवरोधले बजेट अधिवेशन कार्यसूचीमै प्रवेश गर्न सकेको छैन । १ जेठमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न दिए पनि टेबुल हुन दिएको छैन ।

सभामुख देवराज घिमिरेले ११ बजे प्रतिनिधिसभा बैठक बोलाएका छन् । मंगलबारको बैठक पनि मार्सल प्रयोग गरेर चलाउने सत्तापक्षको रणनीति छ । बैठक चलाउने र त्यसपछि समिति गठनको क्षेत्राधिकार तय गर्न बनेको कार्यदलको बैठक राखेर कांग्रेससँग छलफल गर्ने योजना छ ।

 


Thali Mobile Pvt.Ltd.