भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनमा संलग्न एक जनालाई प्रहरी प्रकाउ गरेको छ । प्रहरीले भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको बताएको छ । प्रहरीले मोटरसाइकलको नम्बर प्लेट फाली भारत लैजाने उद्देश्यले विराटनगर महानगरपालिका–१४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरीले लामो समयदेखि नेपालको सीमा क्षेत्रबाट मण्डलले संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको समेत बताएको छ । अहिले चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.