भर्खरै : Sorry, your browser does not support inline SVG.

ताथलीमा धिमे बाजा प्रशिक्षणको दीक्षान्त सम्पन्न

ताथलीमा धिमे बाजा प्रशिक्षणको दीक्षान्त सम्पन्न

भक्तपुर । भक्तपुरको ताथली सौडोलको गचास्थित देवी सांस्कृतिक बाजा खलः ले सञ्चालन गरेको धिमे बाजा प्रशिक्षण सम्पन्न भएको छ । चार महिनासम्म सञ्चालित उक्त कार्यक्रम प्रशिक्षार्थीहरुलाई दीक्षित गरी सम्पन्न भएको उक्त खलः ले जनाएको हो।

सांस्कृतिक सम्पदा जगेर्ना गर्न तथा मौलिक सांस्कृतिक क्रियाकलापमा नयाँ पुस्ताको आर्कषण बढाउने उद्देश्यले देवी सांस्कृतिक बाजा खलः ले उक्त प्रशिक्षण सञ्चालन गरेको थियो । खलःका अनुसार प्रशिक्षणमा ४७ जना प्रशिक्षार्थीहरु रहेका थिए ।ताथली धिमे खलःका प्रशिक्षकद्वय विजयराम बनमाला र सविन बनमालाले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । दीक्षान्त कार्यक्रममा प्रशिक्षक विजयराम बनमालाले प्रशिक्षार्थीहरुले सफलतापूर्वक प्रशिक्षण सम्पन्न गरेकोमा बधाई दिंदै सिकेको सीपलाई संस्कृति जगेर्ना गर्नका लागि उपयोग हुनेमा विश्वास व्यक्त गरे ।

दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, प्रशिक्षकहरुलाई कदर पत्रका साथ सम्मान गरिएको थियो भने प्रशिक्षार्थीहरुले १८ गते बिहीबार ताथलीका विभिन्न भागमा धिमय् बाजा बजाएर आफूले सिकेको सीप प्रदर्शन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.