भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पेस्तोलसहित भक्तपुरको रानीकोटबाट एक युवक पक्राउ

पेस्तोलसहित भक्तपुरको रानीकोटबाट एक युवक पक्राउ

भक्तपुर । पेस्तोलसहित भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सोमबार दिउसो एक जनाले हतियारसहित हिडिरहेको छ भन्ने सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं १ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ रानीकोटमा बस्दै आएका प्रेम तामाङलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

अन्दाजी ३६ वर्षका तामाङले हतियार बोकी हिडिरहेको अवस्थामा खानतलासी गर्दा पेस्तोल र सो पेस्तोलको म्याग्जिनमा ३ राउण्ड गोली लोड भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताए ।

अहिले तामाङलाई परिसरमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.