भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

खसरेखान बस दुर्घटनाका मृतक ४ जनाको पहिचान खुल्यो, १२ जना घाइते

खसरेखान बस दुर्घटनाका मृतक ४ जनाको पहिचान खुल्यो, १२ जना घाइते

बैतडी । महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ३ की ४५ वर्षीया जयमति बोहरा, २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता रहेका छन् ।

कृष्णपुर नगरपालिका ५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी ८ का ४२ वर्षीय पदम बहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडी आउदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका ७ खसरेखानमा गएराति दुर्घटना भएको हो । ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.