भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपैयाँले घटायो

नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपैयाँले घटायो

काठमाण्डौ, ३० असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले कमी गरेको हो।

नयाँ दर अनुसार चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रूपैयाँ ५० पैसा पुगेको छ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ५८ रूपैयाँ र काठमाण्डौ, पोखरा तथा दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ५९ रूपैयाँ निर्धारण गरिएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.