भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फेरी बढायो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य

फेरी बढायो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य

काठमाडौं । उपभोक्ताको भान्छामा अब थप महंगो हुने भएको छ । नेपाल आयाल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धिसँगै ग्यास महंगिएको हो।

निगमले विज्ञप्ति प्रकाशित गरी माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १९ सय १० कायम भएको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २ रुपैयाँ मूल्य बृद्धि भएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.