भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवैध खरीद र बिक्रीको आरोपमा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

अवैध खरीद र बिक्रीको आरोपमा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

एजेन्सी । जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको छ । उनकै निवासमा बयान लिएको ईडीले झारखण्डको राँचीबाट मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो ।

ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो ।

पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसी हिन्दीले जनाएको छ । जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ ।

अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

 


Thali Mobile Pvt.Ltd.